कीवर्डहरू -

५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता

५ लाख ६३ हजार पुगे टेलिकमको भीओएलटिईका प्रयोगकर्ता

नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका छन् । टेलिकमले सेप्टेम्बर ५ सम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार टेलिकमका भीओएलटिईका प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका हुन् ।

टेलिकमले गत जेठ ३ गतेदेखि नेपालमै पहिलोपटक भीओएलटिईको परीक्षण शुरूवात गरेको थियो । भीओएलटिई चलाउन २ वटा कुराको आवश्यक पर्छ ।

भीओएलटिई सेवा प्रयोग गर्न सिममा भीओएलटिई सेवा एक्टिभेट गर्नुपर्छ भने मोबाइल फोनमा पनि भीओएलटिई सपोर्ट हुनुपर्छ ।

*४४४# डायल गरेर सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । यदी सिममा भीओएलटिई एक्टिभेट भएन भने सिम नै परिवर्तन गर्नुपर्छ ।

मोबाइल सेटिङको मोबाइल नेटवर्क भित्र गएर भीओएलटिई इनेबल गर्नुपर्छ । मोबाइलमा भीओएलटिई इनेबल भएपछि स्क्रीनको माथितिर थ्रिजी/फोरजी देखाए जस्तै भीओएलटिई देखाउँछ र त्यसपछि यो सेवा प्रयोग गर्न सकिन्छ ।

टेलिकमले भीओएलटिई परीक्षण सुरूवातको अवसरमा १०० मिनेट निःशुल्क कल समेत दिएको छ । जसलाई *१११# डायल गरेर एक्टिभेट गर्न सकिन्छ ।