कीवर्डहरू -

हानिकारक अफिस फाइलबाट विन्डोजमा आक्रमण गर्दै ह्याकर

हानिकारक अफिस फाइलबाट विन्डोजमा आक्रमण गर्दै ह्याकर

माइक्रोसफ्टले हानिकारक अफिस फाइल प्रयोग गरेर ह्याकरहरुले विन्डोजमा आक्रमण गरिरहेको जानकारी दिएको छ । ह्याकरहरुले सिभीई–२०२१–४०४४४४ भन्ने कोडमा रहेको समस्याको फाइदा उठाएर ह्याक गर्ने प्रयास गरिरहेका छन् ।

यस समस्याले २००८ भर्सनको विन्डोज सर्भर र विन्डोज ७ देखि १० सम्मको विन्डोज भर्सनहरुलाई समस्या पार्ने देखिएको छ । आक्रमणकर्ताहरुले विन्डोज प्रयोगकर्ताहरुलाई अफिस फाइल पठाएर खोल्न लगाउने गर्दछन् ।

त्यो फाइलले स्वायत्त रुपमा इन्टरनेट एक्सपलोरर खोलिदिने गर्दछ जसमा ब्याड आकटर वेबपेज खुल्ने गर्दछ । त्यो वेबपेजमा एक्टीभ एक्स कन्ट्रोल हुन्छ जसले प्रयोगकर्ताको कम्प्यूटरमा म्यालवेयर डाउनलोड गरिदिने गर्दछ । यसलाई जिरो डे आक्रमणको नाम दिइएको छ ।

त्यो हानिकारक अफिस फाइल खोल्ने बित्तिकै प्रयोगकर्ताको कम्प्यूटरमा भाइरस संक्रमण हुने गर्दछ । यसका लागि माइक्रोसफ्टले सेक्युरिटी प्याच सार्वजनिक गरेको छैन् ।

माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट डिफेन्डर एन्टीभाईरस र माइक्रोसफ्ट डिफेन्डर फर एण्डपोइन्टले यो समस्या ठिक गरिदिन्छ । त्यस्तै माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको सबै एक्टीभ एक्स कन्ट्रोल डिएक्टीभेट गर्न पनि सुझाव दिएको छ ।