कीवर्डहरू -

१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्तर्गत कम्पनीले ९० दिनका लागि मान्य हुने ९० जीबी डेटा १५ सय रूपैयाँमा प्रदान गर्ने भएको हो ।

कम्पनीले जीबी प्लान अन्तर्गत १ जीबी देखि ९० जीबी सम्म डेटा प्रदान गर्दै आएको छ । जसमा १ दिनका लागि मान्य हुने ३५ रूपैयाँमा १ जीबी डेटा, ७ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ३ जीबी डेटा पाइने छ ।

त्यस्तै १६५ रूपैयाँमा ५ जीबी डेटा, ४२५ रूपैयाँमा १५ जीबी डेटा, ५५५ रूपैयाँमा २५ जीबी डेटा, ९८० रूपैयाँमा ४५ जीबी डेटा पाइने छ । ५ जीबी डेटा १५ दिन, १५ जीबी डेटा २५ दिन, २५ जीबी डेटा ३० दिन र ४५ जीबी डेटा ६० दिनका लागि मान्य हुनेछ ।

स्मार्ट टेलिकमको यो अफर *१४१*३*२# डायल गरेर लिन सकिने कम्पनीले जानकारी दिएको छ । स्मार्ट टेलिकमले हाल ४५ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । जस मध्ये १९ जिल्लामा फोरजी सेवा दिइरहेको छ भने बाँकी जिल्लामा टुजी सेवा दिइरहेको छ ।