कीवर्डहरू -

डुअल ९० हर्ज डिस्प्लेसहित सर्फेस डुओ टु सार्वजनिक

डुअल ९० हर्ज डिस्प्लेसहित सर्फेस डुओ टु सार्वजनिक

सर्फेस डुओ टू माईक्रोसफ्टको दोस्रो डुअल स्क्रीन भएको एन्ड्रोईड डिभाईस हो । यो भन्दा पहिलेको डुअल स्क्रीन भएको एन्ड्रोईड डिभाईस निकाल्दा हार्डवेयर र सफ्टवेयरमा समस्या भएको पाईएको थियो । सर्फेस डुओ टूको क्यामेरा गुणस्तरीय रहेको कम्पनीको दावी छ ।

फोनमा डुअल ९० हर्जको डिस्प्ले पनि रहेको छ । डिभाइसमा तीन ओटा क्यामेरा राखिएको छ जसमा एउटा १२ मेगापिक्सेलको वाईड एङ्गल, १२ मेगापिक्सेलकै टेलिफोटो लेनस र एउटा १६ मेगापिक्सेको अल्ट्रा वाईड लेन्स रहेको छ ।

फोनमा ५.८ इन्चको एएमओएलईडी स्क्रीन रहेको छ । डुओमा स्नापड्रागन ८८८ प्रोसेसर राखिएको छ जसलाई ८ जिबी र्यामले सपोर्ट गर्ने गर्दछ । सर्फेस डुओमा स्नापड्रागन ८८८ प्रोसेसर भएकाले फाईभजी कनेक्टीभिटी पनि रहेको छ ।

फोनमा ४,४४९ एमएएचको ब्याट्री राखिएको छ । यसको मूल्य १२८ जिबी मोडेलका लागि १,४९९ डलरमा सुरु हुन्छ । माईक्रोसफ्टले २५६ जिबी मोडेलको १,५९९ डलरमा र ५१२ जिबी मोडेलको १,७९९ डलर मूल्य तोकिएको छ ।