कीवर्डहरू -

साइबरनेटिक्सको दशैं अफर, फोरजी युएसबी डंगोल र सीपीई राउटर खरिदमा १ महिना इन्टरनेट निःशुल्क

साइबरनेटिक्सको दशैं अफर, फोरजी युएसबी डंगोल र सीपीई राउटर खरिदमा १ महिना इन्टरनेट निःशुल्क

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी एलटिई सीपीई राउटर खरिद गर्दा १ महिना इन्टरनेट डेटा सितैंमा पाइने छ ।

फोरजी युएसबी डंगोलको मूल्य २ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यस्तै फोरजी एलटिई सीपीई राउटरको मूल्य ९ हजार ४५० रूपैयाँ तोकिएको छ ।

फोरजी युएसबी डंगोलबाट थ्रीजी र फोरजीमा इन्टरनेट चलाउन सकिने छ । साथै यसमा पावर एडप्टर वा आफ्नो कम्प्युटरमा जोडेर चलाउन मिल्ने, खल्ती वा ब्यागमा बोकेर जहाँ पनि लगेर चलाउन मिल्ने, ३ देखि ४ जनाले एकैसाथ मज्जाले चलाउन मिल्ने र १ वर्ष सम्म पार्ट्स रिप्लेसमेन्ट वारेन्टी जस्ता सुविधा छन् ।

त्यसैगरी फोरजी एलटीई सीपीई राउटरबाट फोरजीमा इन्टरनेट चलाउन सकिने छ । साथै यसमा टेलिफोन जोडेर फोन गर्न मिल्ने, बत्ती नभएपनि ब्याट्रीबाट ४-५ घण्टा चल्ने, वायरलेसबाट पनि केबल बाट पनि इन्टरनेट चलाउन मिल्ने र १ वर्ष सम्म पार्ट्स रिप्लेसमेन्ट वारेन्टी जस्ता सुविधा छन् ।

कम्पनीका अनुसार फोरजीका लागि १८०० मेगाहर्जमा टेलिकम, एनसेल र स्मार्टलाई सपोर्ट गर्छ भने ८०० मेगाहर्जमा टेलिकमलाई सपोर्ट गर्छ । थ्रीजीका लागि २१०० मेगाहर्जमा टेलिकम र एनसेललाई सपोर्ट गर्छ । टुजीका लागि ९०० मेगाहर्ज र १८०० मेगाहर्जमा टेलिकम, एनसेल र स्मार्टलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।