कीवर्डहरू -

युवा पुस्ताको मानसिक स्वास्थयमा इन्स्टाग्रामको असर बारे फेसबुकले गर्याे रिपोर्ट सार्वजनिक

युवा पुस्ताको मानसिक स्वास्थयमा इन्स्टाग्रामको असर बारे फेसबुकले  गर्याे रिपोर्ट सार्वजनिक

फेसबुकले इन्स्टाग्राम मार्फत युवा पुस्ताको मानसिक स्वास्थयमा कस्तो असर पारिरहेको छ भनेर स्लाईड सार्वजनिक गरेको छ । यही रिपोर्टले गर्दा इन्स्टाग्राम किड्सको काम पनि इन्स्टाग्रामलाई बन्द गर्न धेरै प्रयोगकर्ताहरुले भनिरहेका छन् ।

युवाहरुले इन्स्टाग्राम चलाउँदा आफू धनी, आकर्षक र पूर्ण रुपमा उत्कृष्ट हुनुपर्छ भन्ने सोचको विकास गर्नमा वाध्य बनाईरहेको पाईएको छ । हरेक पाँच जनामा एक जना युवाले इन्स्टाग्रामले आफ्नो बारेमा नराम्रो सोच्न बाध्य बनाईरहेको जनाएका छन् ।

बेलायतमा यस्ले झनै नराम्रो असर देखाएको पाईएको छ । मिम सामाग्रीहरुले युवा पुस्तालाई सबैभन्दा खुशी पार्ने पनि रिपोर्टले जानकारी दिएको छ ।  यो रिपोर्टलाई अरु सबै युवालाई पनि यस्तै मानसिक स्वास्थयमा असर पर्छ भन्ने बुझ्नु गलत हो भनेर फेसबुकले बताएको छ ।