कीवर्डहरू -

विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला

विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले २.० लिटर वाई–टर्वाे डिजेल इन्जिन विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुलाको घोषणा गरेको छ ।

यसको सुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको कम्पनीले जनाएको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ मूल्य अत्यन्तै किफायती रहेको र यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको विश्वास छ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो ।

ठूलो गाडी भएपनि एभरेष्टमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले जनाएको छ । इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउने विश्वास कम्पनीको छ ।

बुकिङ खुला गर्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले  फोर्ड एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसनका कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्ने बताए ।