शुक्रबार, १७ मङ्सिर, २०७८
Friday, 03 December, 2021

प्रोटोनको ०.९९५ योजना अन्तर्गत ४८ घण्टामै ग्राहकको हातमा गाडी

 प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सेले किस्ताबन्दीमा ०.९९५ प्रतिशतको फाइनान्सिङ सुविधा योजना ल्याएको हो । 

यो योजना चाडपर्व विशेष दशैं तिहार र छठसम्म नै कायम रहने कम्पनीले जनाएको छ । यसका साथै सरल किस्ताबन्दीमा अन्य थुप्रै ब्याजदरको विकल्प समेत उपभोक्ताले उपभोग गर्न पाउने कम्पनीले जनाएको छ ।  ०.९९५ योजनाको साथमा २.९९५, ५.९९५, ८.९९५ र ११ प्रतिशत ब्याजदरमा पनि फाइनेन्सिङ्गको योजनाहरु पाउन सक्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । तर यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछन् । 

किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन हाउस फाइ​नेन्सिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।  नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भैरहेको अवस्थामा पनि कम्पनीको यस खालको योजनाले ग्राहकलाई निकै सहज हुने कम्पनीको भनाई छ । 

यसका साथै कम्पनीले सबै प्रक्रिया पुर्याएर गाडी अडर गर्ने ग्राहकलाई ४८ घण्टाभित्र गाडी उपलब्ध गराइसक्ने जनाएको छ ।  हाल नेपाली बजारमा उपलब्ध प्रोटोन गाडीको सुरुवाती मूल्य ३७ लाख ९९ हजार देखि उच्च भेरियन्टमा ८६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । 

 

सम्बन्धित समाचार