कीवर्डहरू -

अमेजनको अन्तरिक्ष इन्टरनेट कार्यक्रम बारे जान्नै पर्ने तथ्य

अमेजनको अन्तरिक्ष इन्टरनेट कार्यक्रम बारे जान्नै पर्ने  तथ्य

पृथ्वीको अर्बिटमा स्याटेलाइटलाई पठाउने कम्पनी एलन मस्कको स्टारलिकं इन्टरनेट सेवा मात्रै होइन् । यही काममा अमेजन पनि लागेको छ ।

अमेजनको पनि आफ्नै स्याटेलाईट ब्रोडब्याण्ड सेवा बनाउने योजना रहेको छ र यस योजनाको नाम प्रोजेक्ट क्युपर रहेको छ ।

यो प्रोजेक्टले गर्दा अमेजनले पृथ्वीको दुर्गम क्षेत्रहरुमा पनि इन्टरनेटको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । आज हामी अमेजनको अन्तरिक्ष इन्टरनेट कार्यक्रम बारे जान्नै पर्ने तथ्य जानकारी दिदैछौं ।

१. प्रोजेक्ट क्युपर : अमेजनको अन्तरिक्षमा ‘उपग्रह नक्षत्र’

प्रोजेक्ट क्युपर नामक प्रोजेक्ट अमेजनले उपग्रहको नक्षत्र बनाउन ल्याएको पहल हो । यो पृथ्वीको तल्लो अर्बिटमा अवस्थित हुनेछ । अमेजनले फेडेरल कम्यूनिकेसन कमिसन (एफसिसि)बाट ३ हजार २३६ ओटो उपग्रह राख्न स्वीकृति पाईसकेको छ ।

प्रतिस्पर्धी कम्पनी स्पेसएक्सले अर्बिटमा पहिलेनै १ हजार उपग्रह राखिसेकको छ र १२ हजार उपग्रह राख्ने योजना बनाएको छ ।

२. प्रोजेक्ट क्युपरको लक्ष्य

अमेजनका अनुसार प्रोजेक्ट क्युपरको लक्ष्य इन्टरनेटको पहुँच नभएको ठाउँहरुमा सस्तो, भरपर्दाे, छिटो गति भएको, लो ल्याटेन्सी ब्रोडब्याण्ड सेवा प्रदान गर्नु रहेको छ ।

पुरानो फाईबर वा वायरलेस नेटवर्कहरु जोड्न गाह्रो भएको ठाउँमा यस्तो सेवाले मद्दत पुर्‍याउन सक्छ । एफसीसीले अहिले अमेजनलाई स्याटेलाईट ब्रोडब्याण्ड सेवा अमेरिकालाई दिन मात्रै उपलब्ध गराएको छ ।

३. प्रोजेक्ट क्युपरबाट कसले फाईदा लिन सक्छ ?

अमेजनका अनुसार प्रोजेक्ट क्युपरले भरपर्दाे ब्रोडब्याण्ड नभएको विभिन्न घरहरुलाई, विद्यालय, अस्पताल, व्यवसाय र अरु संघसंस्थालाई सेवा दिनेछ । अमेजनले प्रयोगकर्तालाई ग्राउण्ड स्टेसन पनि प्रदान गर्नेछ ।

त्यस्तै कम्पनीले एलटिई र फाइभजी सेवा पनि वितरण गर्दै लैजाने योजना राखेको छ । यसले गर्दा धेरै क्षेत्रहरुले ब्रोडब्याण्ड पाउन सफल हुनेछन् ।

४. प्रोजेक्ट क्युपरका लागि कति रकम खर्च भईरहेको छ ?

अमेजनले प्रोजेक्ट क्युपरमा १० बिलियन डलरभन्दा बढी रकम खर्च गर्ने गर्ने भएको छ । यति लगानी गरेर अमेजनले थुपै मान्छेका लागि रोजगार र पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ ।

५. प्रोजेक्ट क्युपरको मुख्यालय

वैज्ञानिक र अन्वेषकहरुले प्रोजेक्ट क्युपरमा अमेजनको रेडमोण्ड वासमा रहेको अन्वेषण तथा विकास केन्द्रमा काम गर्ने गर्दछन् ।

६. सस्तो  एन्टीनाको विकास

गत वर्ष डिसेम्बरमा अमेजनले सस्तो एन्टीनाको सुरुवाती विकास सम्पन्न गरेको छ । एन्टीनालाई उपग्रहसँग जोडेर उच्च गति इन्टरनेट सेवा प्रदान गरिनेछ । आफ्नो प्रोटोटाइपले ४०० मेगाबाइट पर सेकेण्डको स्पीडमा इन्टरनेट दिइरहेको अमेजनलको दावी थियो ।

७. थुप्रै लञ्च भेईकल चाहिने

अमेजनलाई पृथ्वीको वरीपरी उपग्रह राख्न थुप्रै लञ्च भेईकल पनि चाहिने गर्दछ । कम्पनीले लञ्चका लागि थुप्रै रकेटहरुको प्रयोग गर्ने गरेको छ ।

८. अमेजनको उपग्रह लञ्च पार्टनर

अन्तरिक्षमा उपग्रह लञ्च गर्न अमेजनलाई लञ्च पार्टनर पनि चाहिने गर्दछ । यसका लागि अमेजनले गूनाईटेड लञ्च अलायन्ससँग सम्झौता गरेको छ र प्रोजेक्ट क्युपरलाई सहयोग गर्न नौं ओटो एटलास भि लञ्च भेइकल पनि पाएको छ ।

९.एटलास भि लञ्च भेइकल

अमेजनका अनुसार एटलास भि लञ्च भेइकलले अहिलेसम्म ८५ ओटा लञ्च गरिसकेको छ र ती शतप्रतिशत सफल भएका छन् । यसले मङ्गल ग्रहका लागि नासाको पर्सिभेरेन्स रोभरलाई पनि लञ्च गरेको थियो ।

१०. यो प्रोजेक्टमा कति जना रहेका छन् त ?

अमेजनको ब्लगपोस्ट अनुसार प्रोजेक्ट क्युपरमा ५०० भन्दा बढी मान्छेहरुले काम गरिरहेका छन् ।