कीवर्डहरू -

प्ले स्टोरको वेबसाइट रिडिजाईन गर्दै गूगल

प्ले स्टोरको वेबसाइट रिडिजाईन गर्दै गूगल

गूगल प्ले स्टोरको वेबसाईटलाई रिडिजाईन गरिने भएको छ । एपमा रहेको ठूलो साईडबार र कार्ड जस्तो सूचीलाई एपले परिमार्जित गर्ने भएको हो । रिडिजाइन हुन लागेको सूचना एन्ड्रोइड पुलिसले पत्ता लगाएको हो ।

ठूलो साईडबार र कार्ड जस्तो सूचीको सट्टामा चार ओटा बटन भएको न्याभिगेससन प्रणाली हुनेछ । त्यस्तै गेमहरुको ट्रेलर पनि ठूलो, सफा र अटो प्ले हुने ट्रेलरको साथमा आउनेछ ।

प्रयोगकर्ताहरुले आफ्नो डिभाईसको आधारमा एपहरु फिल्टर गर्न सक्नेछन् । यो रिडिजाइनका लागि गूगलले काम गर्दै गरेको एन्ड्रोइड पुलिसले बताएको छ तर यस सन्दर्भमा गूगलको आधिकारिक जानकारी भने आएको छैन् ।