कीवर्डहरू -

रोल्स रोयसको विद्युतीय हवाइजहाज प्रति घण्टा ३८७ माइलको गतिमा उड्यो

रोल्स रोयसको विद्युतीय हवाइजहाज प्रति घण्टा ३८७ माइलको गतिमा उड्यो

रोल्स रोयसको विद्युतीय हवाईजहाज ३८७.४ माइल प्रति घण्टाको गतिमा उडेर रेकर्ड कायम गरेको कम्पनीले दावी गरेको छ । ‘स्पिरिट अफ इनोभेसन’ नाम दिइएको यो विद्युतिय हवाईजहाज तीन किलोमिटर उडेको थियो ।

यो रेकर्ड प्रमाणित भएमा यसले पहिलेको सिमेन्सबाट चल्ने एक्सट्रा ३३० एलईको २१३ माइल प्रति घण्टाको रेकर्ड लाई १३२ माइल प्रति घण्टाले तोडनेछ । यी रेकर्डसँगै यो हवाईजहाजले २०२ सेकण्डमै ९ हजार ८४२.५ फिटको उचाइमा पुगेको कम्पनीले दावी गरेको छ ।

यो हालको रेकर्डभन्दा ६० सेकेण्डले कम हो । कम्पनीले परीक्षण उडान नोभेम्बर १६ मा गरेको थियो । यसलाई ४०० किलोवाटको मोटरले चार्ज गरिएको छ । हवाईजहाजमा ६ हजार ४८० ओटा सेल रहेको छ ।