कीवर्डहरू -

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

४ महिनामा १ अर्ब बढीका राउटर नेपाल भित्रिए

गएको ४ महिनामा १ अर्ब बढीका राउटर नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म १ अर्ब ५५ करोड ७३ लाख ५ हजार बराबरका राउटर नेपाल भित्रिएका हुन् ।

भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा १ अर्ब बढीको ४ लाख ७५ हजार ५९९ पिस राउटर आयात भएको उल्लेख गरिएको छ ।

गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिक सम्म ८४ करोड ३८ लाख ३२ हजारका २९ लाख ६२ हजार ८३ थान राउटर आयात भएका थिए । पछिल्लो समय कोरोना महामारीले गर्दा इन्टरनेटका प्रयोगकर्ता बढसँगै राउटरको आयात पनि बढेको हो ।