कीवर्डहरू -

मेसेजमा ईमोजि प्रयोग गरेर रियाक्ट गर्न सकिने फिचर ल्याउँदै ह्वाट्सएप

मेसेजमा ईमोजि प्रयोग गरेर रियाक्ट गर्न सकिने फिचर ल्याउँदै ह्वाट्सएप

मेटा कम्पनीको ह्वाट्सएपमा अब केही समय पछि मेसेजलाई ईमोजि मार्फत रियाक्ट गर्न सकिने भएको छ । वाबेटाइन्फोको अनुसार ईमोजि मार्फत मेसेजमा प्रतिक्रिया जनाउन मिल्ने फिचर कम्पनीले थप्ने भएको हो ।

ईमोजिले रियाक्टसँगै कसले रियाक्ट गरेको हो भनेर पनि हेर्न सकिन्छ । यो फिचर अहिले विकासकै क्रममा रहेको छ । यो फिचर सार्वजनिक भएपछि इन्स्टाग्राम र मेसेन्जरको रियाक्ट फिचर जसरीनै काम गर्नेछ ।

अहिले सुरुमा यो फिचर सार्वजनिक भएपछि सिमीत ईमेजिमात्रै उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले सुरुमा ६ ओटा ईमोजि प्रयोग गरेर मात्रै रियाक्ट गर्न पाउने वाबेटाइन्फोले बताएको छ ।