कीवर्डहरू -

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

हल्ट प्राइज आईओईको ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो भाग सम्पन्न

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो एपिसोड सम्पन्न गरेको छ । शनिबार ८ जनवरीको दिन सम्पन्न गरिएका सो कार्यक्रममा ११० जना सहभागीको सहभागीता रहेको थियो ।

कार्यक्रमका गेष्ट स्पीकरको रुपमा रहेका हाम्रो पात्रोको संस्थापक तथा सिईओ शकंर उप्रेतीले जहिलेपनि मान्छेलाई चाहिने कुराको निर्माणमा उद्यमीहरु लगनुपर्ने कुरामा जोड दिएका थिए ।

मान्छेको समयानुसार मागसँगै मेल खाने तरीकाले सेवा तथा प्रडक्टको निर्माण गरेमा सफलता हासिल गर्न सकिने उनले बताएका छन् ।

त्यस्तै मास्टर कार्ड एडभाइजमा कन्सलटेन्ट रहेकी फियोना फुरलोङले स्टार्टअप सुरु गर्दा सधैँभर लागिरहनुपर्छ र हार मान्न नहुने सुझाव दिएकी थिइन् ।

अर्काे गेष्ट वक्ताको रुपमा मिस जेपास एसिया प्यासिफिक इन्टरनेशनलकी साहारा बस्नेत रहेकी थिइन र उनले आफ्नो लक्ष्यमा अडिग रहने, लक्ष्यसँग यर्थाथवादी रहने र आफ्नो गन्तव्य सम्झिरहन सुझाव दिएकी छिन् । उनले हरेक नयाँ पहलमा सहाकार्य, सम्झौता र सामाजिक सम्बन्धको महत्वबारेमा पनि छलफल गरेकी थिइन् ।