कीवर्डहरू -

अनरको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

अनरको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्नमार्टफोनको नाम म्याजिक भी रहेको छ ।यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग गरिएको छ ।

यो सामसङ ग्यालेक्सी फोल्ड थ्री जस्तै रहेको छ । ह्वावे डिभाइस जस्तो नभएर अनर स्मार्टफोनमा गूगल एप पनि उपलब्ध रहेको छ । यो डुअल स्क्रीन स्मार्टफोन हो ।

आइम्याक्स इनह्यान्सड सर्टिफिकेट भएको यो पहिलो फोल्डेबल स्मार्टफोन हो । यसमा ४७५० एमएएचको ब्याट्री रहेको छ र यस स्मार्टफोनले ६६ वाटको चार्जिङलाई सपोर्ट गर्ने गर्दछ । यस स्मार्टफोनलाई ४० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

फोनमा सम्पूर्णमा पाँच ओटा कयामेरा रहेको छ । तीन ओटा रियर क्यामेरामा वाइड क्यामेरा, अल्ट्रा वाइड क्यामेरा र स्पेक्ट्रम इन्ह्यान्स्ड क्यामेरा रहेको छ । तीन ओटै ५० मेगापिक्सेलको सेन्सर भएको क्यामेरा हुन् ।

हरेक स्क्रीनका लागि ४२ मेगापिक्सेलको सेन्सर भएको क्यामेरा पनि रहेको छ । यो स्मर्टफोन क्वालकमको नयाँ स्नापड्रागन ८ जेन १ चिपसेटमा चल्ने गर्दछ ।

म्याजिक भिमा १२ जिबी र्याम र ५१२ जिबी जतिको स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड १२  अपरेटिङ स्टिम चल्ने गर्दछ । यो फोन जानवरी १८ देखि विक्रिका लागि उपलब्ध हुनेछ ।

सामसङ, ह्वावे र अनर जस्तै साओमी, ओप्पो र मोटोरोलाले पनि हालैमा स्मार्टफोन सार्वजनिक गरेका छन् । गूगलले पनि एउटा पिक्सेल फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको अनुमान गरिएको छ ।