कीवर्डहरू -

आफुले भ्रमण गरेको ठाउँको गूगल अर्थमा यसरी सुनाउनुहोस् कथा  

आफुले भ्रमण गरेको ठाउँको गूगल अर्थमा यसरी सुनाउनुहोस् कथा  

आज हामी, तपाईंले कसरी गूगल अर्थमा आफ्नो पहिलो कथा वा म्याप बनाउन सक्नुहुन्छ भन्ने कुराको जानकारी दिदै छौँ । हामी तपाईंलाई, तपाईंले यात्रा गर्नु भएको ठाउँ, खिच्नु भएको फोटो र तपाईंको यात्रा सम्बन्धित जानकारीहरु सबैलाई कसरी एकै प्रोजेक्टमा सेभ गर्न सकिने र यसबाट तपाईंले म्याप बनाएर आफ्नो यात्राको सम्झना राख्न वा अरुलाई यात्राको बारेमा कथा सुनाउने बारे सम्पूर्ण जानकारी दिनेछौँ ।

प्रोजेक्ट सिर्जना गर्न तपाईंले मेनु आइकनमा गएर प्रोजेक्टसमा क्लिक गर्नुहोस। तर सबभन्दा सुरुमा तपाईंले आफ्नो जिमेल आईडीमा लग - इन गरेको हुनु पर्छ। त्यस पछि तपाईंले न्यू प्रोजेक्टमा क्लिक गरेर गुगल ड्राइवमा वा KML फाइल बनाएर प्रोजेक्ट बनाउन सक्नुहुन्छ।

\"\"

अब तपाईंले पेन्सिल आइकनमा क्लिक गरेर आफ्नो प्रोजेक्टको शीर्षक र विवरण दिनुहोस।

\"\"

तपाईंको प्रोजेक्ट अटो सेभ भइसकेको हुन्छ। तपाईंलाई आफ्नो प्रोजेक्टमा राख्न मन लागेको ठाउँहरु सर्च गरेर प्रोजेक्ट सुरु गर्न सक्नुहुन्छ।

तपाईंले मनपरेको ठाउँ फेला पार्नु भएपछी add to प्रोजेक्ट बटनमा क्लिक गर्नुहोस।

\"\"

यो तपाईंको प्रोजेक्टमा आँफै सेभ हुन्छ। तपाईंको प्रोजेक्टको फिचरको सूचीमा ती ठाउँहरु देख्न सकिने छ।

\"\"

ठाउँहरुलाई नामले सर्च गर्नु भन्दा creation toolbar को मद्दतले तपाईंले सिधै ग्लोबमा स्थान चिन्ह पनि राख्न सक्नु हुन्छ। यसमा तपाईंले एडिट गरेर नाम दिएर आफुलाई मनपरेको फोटो, भिडियो, टेक्स्ट राख्न सक्नु हुनेछ।

म्यापलाई tilt गरेर तपाईंले आफ्नो ठाउँको 3D भ्यू पनि राख्न सक्नुहुन्छ। यसको लागी तपाईंले capture this view क्लिक गर्नुहोस्।

\"\"

तपाईंले आफ्नो प्रोजेक्टमा रेखाहरू, आकारहरू र सडकका दृश्यहरु पनि राख्न मिल्छ। तपाईंले आफ्नो प्रोजेक्ट साथीहरुलाई सेयर पनि गर्न सक्नुहुन्छ। यसका लागि सेयर प्रोजेक्ट बटनमा क्लिक गर्नुहोस।

\"\"

तपाईंको सक्किएको प्रोजेक्ट हेर्नको लागि present मा क्लिक गर्नुपर्छ। टेबल अफ contents मा भएको previous and next बटनको प्रयोगले प्रोजेक्ट हेर्न सकिने छ।

यसरी, अब तपाईंले गूगल अर्थमा प्रोजेक्ट बनाउन सक्नु हुनेछ।