कीवर्डहरू -

डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फण्डले नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुमा ४६ करोडको लगानी गर्ने भएको छ । फुडमाण्डले डोल्मा इम्प्याक्ट फण्डसँग करिब ४६ करोडको फण्डिङका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

यो लगाानीका लागि अहिलेसम्म अन्तिम स्वीकृति भने प्राप्त भएको छैन् । यस बारेमा डोल्मा इम्प्याक्ट फण्डले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको हो ।

डोल्माबाट गरिने लगानी फुडमाण्डमा तेस्रो र सबैभन्दा ठूलो लगानी हुनेछ । भविष्यमा पनि थप सहकार्यको रुपमा डोल्माले लगानी गर्ने जनाइएको छ ।

सन् २०१६ मा र्टु नर्थ एसोसियट्स र सन् २०२० मा टिम भेन्चर्स भन्ने कम्पनीले पनि फुडमाण्डुमा लगानी गरेका थिए । डोल्मा इम्प्याक्टबाट लगानी पाएर फुडमाण्डुले अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने विश्वास लिएको छ ।

त्यस्तै फुडमाण्डुले फण्ड प्रयोग गरेर आगामी पाँच वर्षमा अहिले रहेको प्रविधिको गर्ने र ह्युमन रिसोर्स विकास गर्ने प्रतिबद्धता जनाएको छ ।