कीवर्डहरू -

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक

खल्तीबाट यती एयरलाइन्सको फ्लाइट बुकिङ गर्दा ४५० रूपैयाँ क्यासब्याक पाइने भएको छ । यति एयरलाइन्ससँगको साझेदारीमा खल्तीले क्यास ब्याक अफर ल्याएको हो ।

फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकी रहेको रु.३०० खल्ती वालेटमा क्यास ब्याक स्वरुप प्राप्त हुन्छ । यो अफर पुस २९ देखि फागुन ३ गतेसम्म मान्य हुनेछ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यती एयरलाइन्ससँग मिलेर काम गर्दा प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्‍याउँदा उत्साहित भएको बताए ।

यस्तै यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले खल्तीसँग सहकार्य गरेर ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्न पाउदा उत्साहित भएको बताए ।