कीवर्डहरू -

प्राप्त गरेका सबै इमेल मध्ये ४० प्रतिशत इमेल खतरनाक

प्राप्त गरेका सबै इमेल मध्ये ४० प्रतिशत इमेल खतरनाक

प्राप्त गरिने सम्पूर्ण ईमेल मध्ये ४० प्रतिशत ईमेल हानीकारक हुने गरेको एक रिपोर्टले देखाएको छ । होर्नेट सेक्युरिटीले गरेको एक पछिल्लो अन्वेषण अनुसार प्राप्त गरेका कुल इमेल मध्ये ४० प्रतिशत प्राप्त गरिने ईमेलमा फिशिङ, म्यालवेयर र अरु सुरक्षा खतराहरु हुने गर्दछन् ।

धेरैजसो ईमेल अनवान्टेड हुने गर्दछन्, जसमा ८० प्रतिशत ईमेल सेक्युरिटी फिल्टरले ब्लक हुने गर्दछन् । १५.४ प्रतिशत ईमेल स्प्याम हुने गर्दछन् । ४ प्रतिशत ईमेल खतराको रुपमा रहने गर्दछ र एक प्रतिशत ईमेल एडभाान्सड थ्रेटको रुपमा काम गर्ने गर्दछ ।

एक प्रतिशतमा मालवेयर,स्पेयर फिशिङ र सिईओ फ्रड जस्ता ईमेल पर्ने गर्दछन् । मालवेयरलाई लुकाउन हानीकारक ईमेलले विभिन्न उपायहरु अपनाउने गर्दछन् ।

धेरैजसो पिडिएफ फाइललाई प्रयोग गरेर हानीकारक लिकंहरु पठाउने गरिन्छ । दोस्रो स्थानमा ह्याकरहरुले एक्सेल फाइल प्रयोग गर्ने गरेको पाइएको छ । अरु भनेको वर्ड र पावरपोइन्ट फाइल प्रयोग गरिदै आइएको छ ।