कीवर्डहरू -

ह्वाट्सएपमा अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक

ह्वाट्सएपमा अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक

ह्वाट्सएपले अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ फिचर सार्वजनिक गरेको छ । तस्बिर र भिडियोहरूका लागि भ्यु वन्स फिचर पहिलेनै आएपनि अडियोका लागि भने भर्खर आएको हो ।

अब कम्पनीले अडियो म्यासेजका लागि ‘भ्यु वान्स’ पनि ल्याएको छ, जुन अहिले विश्वव्यापी रुपमा सार्वजनिक भएको छ । यस सुविधाको साथ पठाइएका सन्देशहरू सुनेपछि गायब हुन्छन् ।

यो सुविधा प्रयोग गरेर तपाईले कुनै पनि संवेदनशील सन्देश पठाउन सक्नुहुनेछ । मानौं तपाईंले आफ्नो क्रेडिट कार्ड विवरणहरू साझा गर्नुभयो भने, यो सही विकल्प हो ।

ह्वाट्सएपमा अन्य व्यक्तिगत सन्देशहरू जस्तै, यी पनि पूर्वनिर्धारित रूपमा एण्ड टू एण्ड इन्क्रिप्टेड हुनेछ । 'भ्यु वान्स’ मा भ्वाइस मेसेज पठाउन तपाईंले सबैभन्दा पहिले व्यक्तिगत वा समूह च्याट खोल्नुहोस् । 

यस पछि माइक्रोफोनमा ट्याप गर्नुहोस् । अब रेकर्डिङ लक गर्न माथि स्वाइप गर्नुहोस् । त्यसपछि रेकर्ड बटन ट्याप गर्नुहोस् र होल्ड गर्नुहोस् । जब बटन हरियो हुन्छ, त्यसपछि तपाईं भ्यू वान्स  मोडमा हुनुहुन्छ ।

अब सेन्ड बटनमा ट्याप गर्नुहोस् । सेन्ड बटन मार्फतसन्देश पठाएपछि भ्वाइस सन्देश एक पटक मात्र सुन्न सकिन्छ र फेरि सुन्न सकिँदैन् ।

यी भ्वाइस मेसेज डिभाइसमा सेभ गर्न मिल्दैन् र रेकर्ड पनि गर्न मिल्दैन् । यो भ्यूवान्स भ्वाइस मेसेज  प्राप्त भएको १४ दिन भित्र खोलेर सुन्न पर्नेछ, अन्यथा सन्देश च्याटबाट गायब हुनेछ ।