कीवर्डहरू -

आईओटी डिभाइसमा सेक्युरिटीको  समस्या

आईओटी डिभाइसमा सेक्युरिटीको  समस्या

घरबाट काम गर्दा आईओटी डिभाइसहरुमा सेक्युरिटी समस्या पाइएको छ । सन् २०२६ सम्ममा आईओटीको मार्केट एक ट्रिलियन डलर पुगिसकेको छ । मान्छेको सहयोग बिनानै चल्न सक्ने उपकरण भएको कारणले यसमा डेटा ब्रिचको समस्या बढि हुने देखिन्छ ।

स्वास्थयको क्षेत्रमा पनि आईओटीको धेरै प्रयोग बढेकाले स्वास्थय क्षेत्रमा पनि यसले प्रभाव पार्न सक्ने देखिन्छ ।

पालो आल्टो नेटवर्कले सार्वजनिक गरेको पेपर अनुसार कम्पनीले १८ देशहरुमा १९०० ओटा आईटी डिसिजन मेकरहरुमा सर्वेक्षण गरेको थियो । यसमा नेदरल्याण्ड, बेलायत, जर्मनी, जापान र अस्ट्रेलिया जस्ता देशहरुमा हेर्दा गैर व्यवसायी आईओटी डिभाइसहरु ७८ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।

कर्पाेरेट नेटवर्कहरुमा विगत १२ महिनामा ७८ प्रतिशतले वृद्धि भएको देखिएको छ । रिमोट रुपमा काम गर्नु पर्ने कारणले गर्दा पनि प्रयोगकर्ताहरु आइओटी डिभाइसमा भरपर्न बाध्य भएका छन् र सेक्युरिटी समस्यामा वृद्धि भएको छ ।