कीवर्डहरू -

सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम

सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम

सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली  ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सामसङ्गका उत्पादन समेत जानकारी दिने उद्देश्यले एक तालिम प्रदान गरियो ।


उक्त कुकिङ क्लासको आयोजना नारायणगढ बजारको त्रिमुर्ती रेडियो तथा घडी पसल (जुन नारायणगढको सामसुङ्ग प्लाजा हो) त्यहाँ कुकिङ सम्बन्धी तालिम दिइएको थियो । भने, सेन्टर प्लाम होटल नारायणगढमा सामसङ्गको उत्पादनहरुबारे तालिम प्रदान गरिएको थियो ।


सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरुलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरु बनाउन सिकाउनु हो । यो कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरुबाटै प्रशिक्षण दिइएको थियो ।


माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागिहरुले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड फिस, पिज्जा, केक र अन्य परिकारहरु पकाउने प्रशिक्षण लिएका थिए ।


प्रशिक्षणमा मुख्य रुपमा सामसङ्गका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शन गरिएको थियो जसमा ८०% सम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरु पकाउन सकिन्छ । प्रशिक्षकहरुले सो सामसङ स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभन प्रयोग गरेर कसरी खाना बनाउने भन्ने जानकारी दिएका थिए । साथै पकाउदा अपनाउनु पर्ने सेफ्टीको बिषयमासमेत जानकारी दिइएको थियो ।


कार्यक्रमका बारेमा बोल्दै सामसङ्ग प्लाजाका निर्देशक सीमा गोल्छाले भन्नुभयो, “सहभागिहरु सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक थिए । यसका साथै स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शनले उनीहरुलाई अझै उत्साहित बनाएको थियो । उनीहरुका अनुसार अब उनीहरुको घरमा पनि मीठोका साथै स्वस्थ खानाको बानी बस्नेछ । आफ्नो ग्राहकहरुलाई स्वस्थ रहन प्रोत्साहन गर्न सकेकोमा हामी निकै हर्षित छौँ ।”