कीवर्डहरू -

बुटवलमा फागुन  २  गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने

बुटवलमा फागुन  २  गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने

क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४  फाल्गुण  २  गते देखि ६  गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४  देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल बुटवल मण्डप मा क्यान इन्फोटेक आयोजना गर्न गईरहेका छ  ।  विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो ७ औं संस्करण हो ।


५ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने हामीले आशा गरेको आयोजकले जनाएको छ ।

साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।


यस ७ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन  - Startups CCTV & Attendance रहेको रहेको छ, । त्यस्तै हाल सम्मका स्पोन्सरहरु मा प्लाटिनम स्पोन्सर- Action point (Quick heal, TP-Link) , , डायमण्ड स्पोन्सर- Expert education and visa services, सिल्भर स्पोन्सरहरु Busy software , प्रिन्टीङ्ग स्पोन्सरमा CANON रहेका छन ।


“स्टाटअपस क्यान ईन्फोटेक २०१८ मा मुख्य प्रदर्शनी हल भित्र १०० वटा प्रदर्शनी स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने छन् ।

“स्टाटअपस क्यान ईन्फोटेक २०१८ ”मा अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । २०७४ फाल्गुण  ४ गते शुक्रबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि रु ५० तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।


“स्टाटअपस क्यान ईन्फोटेक २०१८ ” का शिर्ष प्रायोजक स्टाटअपले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सुरक्षा सम्बन्धी सेवाहरु जस्तै CCTV, Attendance machine , automatic securities alarm सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ । यस पटकको प्रदर्शनीमा विशेष गरी घर तथा अफिस स‘ग सम्बन्धी security टेक्नोलोजीलाई जोड दिइएको संयोजक नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

“स्टाटअपस क्यान ईन्फोटेक २०१८” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “स्टाटअपस क्यान ईन्फोटेक २०१८ ” मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । खल्ती मोवाइल एपबाट अनलाइन टिकट खरिद गर्न सकिनेछ भने लिभिङ विथ आइसिटी अफिसियल आइटी मिडियाको रुपमा रहेको छ ।