कीवर्डहरू -

काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै 

इन्टरनेट गभर्नेन्ससँग  सम्बन्धित मुद्धा तथा पद्धतिको बिषयमा चर्चा

काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै 

नेपाल  इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि  नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स २०१८' कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम आउदो माघको ५ र ६ गते दुई दिन म्म चल्ने छ ।


नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स 'एनपीएसआइजी'इन्टरनेट शासनका बिभिन्न मुद्दा तथा पद्धतिका बारेमा केन्द्रित दुई दिनको कोर्स हो । जसलाई इन्टरनेट सोसाइटि नेपालले आयोजना गर्न लागेको हो । संसारभर तथा क्षेत्रीय तहका इन्टरनेट प्रणालीका विभिन्न मुद्दा, परिस्थिति तथा प्रक्रियाहरुको बारेमा  सरोकारवालाहरुको ज्ञान तथा क्षमता अभिबृद्धी  गराउने लक्ष्यका साथ एनपीएसआइजी संचालन गरिन  लागिएको हो ।


नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स एउटा बार्षिक स्कुल हो जहाँ प्रत्येक बर्ष प्रोफेसनलहरु लाई ग्लोबल इन्टरनेट गभर्ननेन्सको पद्धति तथा संस्थाहरुमा सहभागिता जनाउनका लागि इन्टरनेट गभर्ननेन्सको इन्टरनेट डोमेनको बारेमा  ट्रेनिंग प्रदान गरिन्छ । 


इन्टरनेट गभर्नेन्ससँग  सम्बन्धित मुद्धा तथा पद्धतिको बिषयमा चर्चा गर्नका निम्ति सरोकारवालाहरु लाई  एउटा मंच प्रदान गराउनुनै एनपीएसआइजी कार्यक्रम आयोजनाका मूल उद्धेश्य हो।  यसका साथै अन्य थुप्रै उद्धेश्यहरु  निम्नानुसार छन् :

  •  नेपालको इन्टरनेट प्रशासन सम्बन्धित मुद्धाहरुको पहिचान गरि त्यसको बिकाश गर्नु ।
  •  सरोकार राख्ने पक्षहरुमा चेतना,क्षमता तथा शिप अभिबृद्धि  गराउनु ।
  •  सरकारी संस्था तथा अधिकारिहरु सँग सम्पर्क गराउन प्ल्याटफर्म तयार गर्नु ।
  •  बिभिन्न नीति तथा पक्षहरुको पहिचान गरि संलग्नता बढाउन ।

दुई दिन सम्म चल्ने नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स २०१८ कार्यक्रममा वक्ताहरुमा  इन्टरनेट सोसाइटिका प्रेसिडेन्ट  बिक्रम श्रेष्ठ,पूर्व प्रेसिडेन्ट बाबु राम अर्याल,जेनेरल सेक्रेटरि रमकान्त पाण्डे तथा भाइस प्रेसिडेन्ट सन्तोष सिग्देल रहनेछन् । 


यस कार्यक्रमको लागि इन्टरनेट सम्बन्धि साधारण ज्ञान पर्याप्त हुन्छ । एनपीएसआइजी कार्यक्रममा निम्न क्षेत्रबाट  चिकित्सकहरू, शोधकर्ताहरू र सरकारका प्रतिनिधि, एनजीओ तथा आइएनजीओ प्रतिनिधि, टेक्निकल कम्युनिटी, बिजनेस कम्युनिटी,  प्राइभेट सेक्टर, मिडिया तथा पत्रकारिता र  एकाडेमि प्रोफेसनल ब्यप्तिहरुको  
हभागिता हुने जनाइएको छ  । 


एनपीएसआइजी दुई दिन माघ ५ र ६ गते संचालन हुनेछ र दुइदिन भित्र गहन बिषय अध्ययनका कोर्सहरु बिभिन्न तरिकाबाट अध्यापन गराइने छ  । उक्त कोर्स भित्र इन्टरनेटको पहुँच,सुरक्षा,महत्वपूर्ण इन्टरनेट संसाधन,गोपनियता तथा मानवअधिकार आदि पर्दछन् । 


यस कार्यक्रमको लागि स्पोन्सर्स इन्टरनेट सोसाइटि  नेपाल रहेको छ भने सूचना तथा संचार मन्त्रालय,नेपाल टेलीकम्युनिकेशन  अथोरिटी तथा क्यान फेडेरेसनको सपोर्ट रहने छ भने सो कार्यक्रमका लागि लिभिङ विथ आइसिटि मिडीया पार्टनरको रुपमा रहेको छ ।