कीवर्डहरू -

सस्तो कार ल्याउँदै टेस्ला

सस्तो कार ल्याउँदै टेस्ला

टेस्लाले चाँडै ठूलो ब्याट्री भएको सस्तो मोडेल वाईको विद्युतीय कार विक्री गर्ने भएको छ । ईलेक्ट्रेकको अनुसार टेस्लाले ४६८० सेल भएको मोडेल वाईको विक्री गरिरहेको छ ।

यसले २७९ माइलको रेन्ज दिनेछ र यसको मूल्य ५९,९९० डलर रहेको छ । टेस्लाले अहिलेसम्म प्रयोग गरिरहेको ब्याट्रीको तुलनामा मोडेल वाईको ब्याट्री दुई गुणा ठूलो रहेको छ ।

नयाँ ब्याट्रीको अरु ब्याट्रीको तुलनामा ५ गुणा बढि क्षमता पनि रहेको छ । टेस्लाले ब्याट्रीका लागि ब्याट्री प्याक पनि ल्याएको छ जसले गर्दा ब्याट्रीको तौल पनि कम हुने गर्दछ ।