कीवर्डहरू -

व्यायाम गर्दा पसिना निकाल्ने रोबोट

व्यायाम गर्दा पसिना निकाल्ने रोबोट

अहिलेको शताब्दीमा विश्वभरका बैज्ञानिक बिभिन्न अनौठा तथा नौला कुराहरुको खोज अथवा निर्माण गरिरहेका छन् । केहि बैज्ञानिकहरु पृथक स्वभाब भएका रोबोटहरुको विकासमा समेत व्यस्त छन् । यसै क्रममा बैज्ञानिकहरुले एउटा नयाँ ह्युमोनोइड रोबोटको विकास गरेका छन् जसले पुशअप, सिटअप जस्ता  विभिन्न शारीरिक  कसरतहरु गर्ने गर्दछ, यसका साथै पसिना पनि निकाल्ने गर्दछ ।

यो रोबोटमा कृत्रिम पसिना निकाल्ने सिस्टम राखिएको छ त्यसकारण यसमा मानवको झैँ शारीरिक गुण देखिन्छ । जापानको टोकियो युनिभर्सिटीका बैज्ञानिकहरुद्वारा निर्मित यो रोबोटको नाम केंगोरो हो । यसलाई क्र्यास टेस्ट गर्नका लागि डमिको रुपमा प्रयोग गर्न सकिन्छ ।साथै यसलाई  खेलाडी तथा एथलेट्सहरुको मांसपेसीको बिश्लेषण गर्नका निमित्त डिजाइन गरिएको हो ।

सन् २००१ मा यिनै बैज्ञानिकहरुले  केन्टा नाम गरेको रोबोट तयार गरेका थिए र यहि रोबोटको सिरिजलाई नै परिमार्जित गरेर रोबोट केंगोरो डीजाइन गरिएको हो । यसको सबैभन्दा चाखलाग्दो बिषयनै यसमा रहेको कृत्रिम पसिना निकाल्ने सिस्टम हो ।

यो सिस्टमले मानवको पसिना निस्कने गुणको नक्कल गर्ने मात्र हैन कि यसको कृतिम पसिनाले रोबोटलाई बढी हिट हुनबाट पनि बचाउछ  र रोबोटमा उत्पन्न भएको तापले निस्किएको पसिना एकातिरबाट बाफ बनेर बाहिर निस्कन्छ  ।