कीवर्डहरू -

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भएको सेमिफाइनल कार्यक्रमबाट ११ जना छनौट गरिएको हो ।

सेमिफाइनल २४ जना पुगेका थिए । फाइनालिस्ट छनौटका लागि निर्णायक मण्डलमा विस्तारट्रेडका सह–संस्थापक उत्सव गोयल, कोडावतार टेक प्रालिका सह–संस्थापक, प्रशान्त राउत, स्किल स्क्वायर प्रालिका सीओओ तथा एमडी निखिल शाक्य र स्केलेबल इन्भेस्टमेन्टका सह–संस्थापक कृपा पौडेल रहेका थिए ।

सेमिफाइनल कार्यक्रममा प्लास्टिक फोहोरलाई इट्टामा परिणत गर्ने,कृषकहरुका लागि बालिको जानकारी राख्ने र मौसम अनुमान गर्ने एप, ईभी चार्जिङ पूर्वाधार, दृष्टिविहीनलाई पढ्नमा सघाउने एप, डिजी–एग्रो उपकरण, ट्राफिक भीड कम गर्न इन्टेलिजेन्ट ट्राफिक सिग्नल प्रणाली लगायतका आईडिया पिच गरिएको थियो ।