कीवर्डहरू -

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले कन्टेष्टका विजेताका रुपमा रोजनिम श्रेष्ठ, चन्दा पौडेल र रविन्द्र श्रेष्ठ लाई पुरस्कार हस्तान्तरण गरेका थिए । विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ ।  कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरु संग ‘क्रिसमस डे’को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो ।

‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’

पुरस्कार वितरण कार्यक्रममा सबै विजेताहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अधिकृत झाओले भने,‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’ पुस ९ देखि ११ सम्म तीन दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ सहभागीरुले सहभागिता जनाएका थिए ।

 प्रतियोगिता अन्तर्गत कम्पनीले ईच्छुकलाई आफ्नो क्रिसमस सम्बन्धित सेल्फी ह्यासट्याग ओपोएफफाइभ तथा ह्यासट्याग क्यापचर दि रियल यू सहित पोष्ट गर्न आग्रह गरेको थियो । यसरी नियमबद्ध पोष्ट गरिएका तस्विर मध्यबाट कम्पनी ३ विजेताको छनोट गरेको हो ।