कीवर्डहरू -

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए ८ र ए ८ प्लस (२०१८ ) चाँडै सार्बजनिक गरिंदै

नेपाली  बजारमा सामसङ ग्यालेक्सी ए ८ र ए ८ प्लस (२०१८ ) चाँडै सार्बजनिक गरिंदै

भर्खरै मात्र विश्वबजारमा भित्रिएको सामसङको ग्यालेक्सी ए सिरिज अन्तर्गतको नयाँ मोडेल ग्यालेक्सी ए ८ र ए ८ प्लसलाई  नेपाली बजारमा चांडै सार्बजनिक गर्ने तयारी सामसङ नेपालले गरेको  छ । उक्त फोन  नेपालि बजारमा यहि जनवरी तेस्रो हफ्तामा सार्बजनिक गरिने अनुमान गरिएको छ । सामसङको जे सिरिजका स्मार्टफोनहरु  प्रयोगकर्ताहरु माझ लाभदायक मानिएको छ । उच्च स्तरको प्रस्तुति प्रदान गर्नका लागि ए सिरिजका स्मार्टफोनहरुमा धेरै फिचरहरु राखिएको छ ।

सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लसमा डुअल फ्रन्ट क्यामेरा रहेको छ ।त्यसको अलावा इन्फीनीटि डिस्प्ले रहेको छ । कम्पनिका अनुसार उक्त ए सिरिजको नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई स्टायलिस र शानदार अनुभव दिने छ । सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लसमा क्रमश : ५.६ इन्च र ६ इन्च एफएचडीको सुपर एमोलेड डिस्प्ले रहेको छ ।यसको डिस्प्ले २२२० x १०८०पिक्सेलको फुलएचडी  रेजोलुसन तथा१८.५:९ को एस्पेक्ट रेसिओमा रहेको छ । इन्फिनिटी डिस्प्ले पेनेलको माथि कर्भ्ड ग्लास प्रोटेक्सन रहेको छ ।

सामसङले यी दुइ नयाँ सिरिजहरुमा फ्रन्टमा दुइवटा क्यामेराहरु प्रदान गरेको छ । रियरमा फिक्स्ड फोकस १६ एमपी तथा फ्रन्टमा भने १६ + ८ एमपीको क्यामेरा रहेको छ ।एफ /१.९ र एफ/ १ एपर्चर भएका ती दुवै क्यामेरामा प्रयोगकर्ताहरुलाई विकल्प राखीएको छ ,ब्यागराउण्ड सहित सेल्फी लिन पनि सकिन्छ अथवा ब्यागराउण्डलाइ ब्लर गरेर मानिसको मात्र सेल्फी लिन पनि मिल्छ । त्यस्तै फोनको रियर क्यामेराको लेन्स भने एफ /१.७ एपर्चरको रहेको छ र यसको सेन्सरले भिडियो डिजीटल इमेज स्टेबिलाइजेसन टेक्नोलोजी सपोर्ट गर्छ । त्यस्तै हाइपरल्याप्स  तथा फुड मुड जस्ता फिचरहरु सपोर्ट गर्छ ।

दुवै ह्यान्डसेट (ए ८ र ए ८ प्लस ) मा ओक्टाकोर प्रोसेसर (दुइ कोर्हरु २.२ जिएचजेड र बाँकी छ वटा कोरहरु १.६ जिएचजेड ) छ भने ग्यालेक्सी ए ८ मा ४ जीबी र्याम र ३२ रोम तथा सामसङ ग्यालेक्सी ए ८ प्लसमा भने ४जिबि र ६ जीबी र्याम तथा ६४ जीबी रोम अप्सनमा उपलब्ध छ। साथमा माइक्रो एसडी कार्डको सहायतामा  २५६ जीबी सम्म स्टोरेज बढाउन सकिन्छ । सामसङ ग्यालेक्सी ए ८ र सामसङ ग्यालेक्सी ए ८ प्लस दुवै फोनहरु आइपी ६८ सर्टिफाइड हुन् र गियर र भिआर हेडसेट सपोर्ट गर्ने सामसङको पहिलो ह्यान्डसेटहरु पनि हुन् । साथै यी दुवै स्मार्टफोनहरु एनड्रोइड ७.१.१ नोगात भर्जनमा चल्छन्  ।

सामसङ ग्यालेक्सी ए ८ को ब्याट्री ३००० mAh को छ भने, सामसङ ग्यालेक्सी ए ८ प्लसको ब्याट्री ३५०० mAh को प्याक भएको छ । यसका साथै यी ह्यान्डसेटहरू ब्ल्याक,ब्लु,गोल्ड र अर्कीड ग्रे कलर अप्सनमा उपलब्ध रहनेछन् । यिनीहरुको मूल्य कति पर्ने भन्ने कुरा अस्पष्ट भएता पनि ए ८ को मूल्य लगभग रु ५६ हजार तथा ए ८ प्लसको रु ६४ हजार सम्म पर्न सक्ने अनुमान गरिएको छ ।