सुपर सेल्फी क्यामेरा तथा राम्रो ब्याट्री लाइफको लागि परिचित चाईनिज स्मार्टफोन कम्पनि जियोनिले एस सिरिजको अर्को नयाँ स्मार्टफोन जीयोनी एस ११ सार्बजनिक गरिसकेको छ । यो नयाँ मोडेलको ह्यान्डसेटमा चारवटा क्यामेरा राखिएको कारण पनि यो फोन अरु फोनहरु भन्दा पृथक रहेको छ । उक्त फोनको नेपाली मूल्य ३० हजार देखि ३२ हजार सम्म रहने अनुमान गरिएको छ ।
जियोनी एस ११ मा ५.९९ इन्च स्क्रिन १०८०x२१६० पिक्सेल रेजोलुसनको फुल एचडी डिस्प्ले देखिएको छ । त्यस्तै १८:९ एस्पेक्टेड रेसिओ रहेको यो फोन कर्भ्ड बडी तथा बेजेल लेस डिस्प्ले साथमा आएको छ । एस ११ मा मिडियाटेक हेलिओ पी २३ को ओक्टाकोर २.५ गिगाहर्जको प्रोसेसर राखिएको छ । ४ जीबी र्याम भयेको यो ह्यान्डसेटमा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ भने यसमा २५६ जीबी सम्मको एसडीकार्ड सपोर्ट गर्दछ । फोनमा भिडियो तथा संगीत प्रेमी लगायात गेमका पारखीहरुले यो फोनमा स्टोरेजको लागि कुनै पनि सम्झौता गर्न पर्दैन् ।
रियरमा दुईवटा तथा फ्रन्टमा दुईवटा गरेर चारवटा क्यामेरा जडान गरिएको यो फोनमा रियरमा एलइडी फ्ल्याश लाइट सहितको १६ एमपी तथा ५ एमपीको क्यामेरा रहेको छ । क्यामेरामा अटोफोकस,फेस डिटेक्सन र १०८० पी भिडियो रेकर्डीङ जस्ता फिचरहरु समाबेश छन् । त्यस्तै फ्रन्टमा भने १६+८ मेगापिक्सेलका दुइवटा क्यामेराहरुको संयोजन रहेको छ । चारवटा क्यामेरा समाबेश गरिएको हुनाले यो फोन तस्बिरहरुको माम्लामा राम्रो क्वालिटि चाहने प्रयोगकर्ताको लागि लाभदायी हुने देखिएको छ ।
एस ११ एन्ड्रोड ७.१ नोगात भर्जनमा चल्ने यो फोनमा ३४१० एमएएचको नन रेमुभेवल ब्याट्रीको प्रयोग गरिएको हुनाले राम्रो ब्याट्री ब्याकअप दिने अनुमान गरिएको छ । साथै फिन्गरप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर ,जायरो सेन्सर, प्रोक्सीमिटी तथा कम्पास जस्ता सेन्सरहरु यो फोनमा रहेका छन् ।