कीवर्डहरू -

स्मार्ट स्कुलको लागि डाइनामिक एकेडेमिक इआरपीको प्रयोग बढ्दै

स्मार्ट स्कुलको लागि डाइनामिक एकेडेमिक इआरपीको प्रयोग बढ्दै

अहिले विद्यालयहरु विभिन्न प्रविधि र सफ्टवेयरको प्रयोग गर्दैै डिजिटलाइजेसन तर्प m अघि बढिरहेका छन । अबको शिक्षा प्रयोगात्मक र प्रविधिमैत्री हुनुपर्ने कुरामा दुइमत छैन । यसै सन्दर्भमा अहिले बजारमा विभिन्न आइटी कम्पनी तथा सस्थाहरुले शिक्षालाई डिजिटलाइज गर्ने प्रयास गरिरहेका छन ।

केहिले कन्टेक्न्ट डिजिटलाइज गरिरहेका छन त केहिले विद्यालय व्यवस्थापन , शिक्षा पद्धती र विद्यार्थीको सिकाईलाई । यसैक्रममा डाइनामिक टेक्नोसफ्ट प्रा.लिले डाइनामिक एकेडेमकि इआरपीको अपडेटेड भर्सनहरु विद्यालयको लागि अपलब्ध गराएको छ ।

डाइनामिक इआरपीमा एकाउन्ट , ट्रान्सपोर्ट , लाइब्रेरी , पेरोल , जिपिएसको समाधान दिन सकिन्छ । यसमार्फत विद्यालयले सबै आर्थिक व्यवस्थापन पारदर्शीरुपमा राख्न सक्छन भने विद्यार्थीले शुल्क तिरेको जानकारी सम्वन्धित निकाय र अभिभावकमा अपडेट हुनेछ ।

यसले विद्यार्थीहरुको बस वा गाडी कँहा आइरहेको छ वा कतिखेर घरबाट निस्कने समेत जानकारी दिनेछ । विद्यार्थीहरुले घरमै बसि नोट तथा शिक्षकले दिएको होमवर्क हेर्ने र बुझाउन सक्छन । यस सफ्टवेयरको प्रयोगबाट लाइब्रेरी व्यवस्थापन समेत गर्न सकिन्छ ।

यस सफ्टवेयर मार्फत अनलाइन एटेन्डेन्स पनि गर्न सकिन्छ । विद्यार्थी र शिक्षकको लागि छुट्टै मोवाइल एप मार्फत थप सुविधा लिन सकिन्छ । समग्ररुपमा विद्यालय , विद्यार्थी र शिक्षकलाई समेत यस सफ्टवेयर मार्फत एउटै नेटवर्कमा जोड्न सकिन्छ ।

विद्यार्थीको पर्फमेन्स र मार्कसिट पनि यसले उपलब्ध गराउछ । यि सबै सुविधाहरुको लागि अहिले बजारमा डाइनामिक एकेडेमिक इआरपी उपलब्ध भएको कम्पनीका प्रवन्ध निर्देशक दिपक साहले बताए ।

नेपालका सयभन्दा बढि विद्यालयहरुमा सफल प्रयोग भइरहेको यो एप्लिकेशन नेपालका अन्य जुनै सफ्टवेयरभन्दा पनि उत्कृष्ट रहेको साह दाबि गर्छन । काठमाण्डौ , विरगञ्ज , चितवन , वुटवल र अन्य स्थानमा पनि यस सफ्टवेयरको प्रयोग भइरहेको छ ।

यो सफ्टवेयर युजर फ्रेन्ड्लीका साथै उत्कृष्ट सपोर्ट सुविधा समेत कम्पनीले दिने जनाएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै स्मार्ट स्कुल बनाउन डाइनामिक एकेडेमिक इआरपी उत्कृष्ट प्लाटफर्म भएको प्रयोगकर्ता विद्यालयहरुको भनाई छ ।