फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक ग¥यो ।
ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।
यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट( टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३०, ह्वावे पी ३० प्रोरपी ३० लाईट मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।
ह्वावे पी ३० सिरिज् नेपालभरि नै प्रि–बुकिङ्गको लागि उपलब्ध छ । नेपाली बजारमा ह्वावे पी ३० प्रो को मूल्य १,१९,९०० पर्दछ, ह्वावे पी ३० को मूल्य रु.८४,९०० र ह्वावे पी ३० लाईट को मूल्य रु. ३९,९०० । दराज अनलाइनबाट यो फोन प्रि–बुकिङ्गको लागि उपलब्ध छ ।
प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था छ । ह्वावे स्मार्ट स्केल पी ३० लाईटको प्रि–बुकिङ्गको साथ आएको छ र ह्वावे फ्रिबड्स पी३० र पी३० प्रोको प्रि–बुकिङ्गको साथ आएको छ । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म उपलब्ध रहनेछ ।
पी ३० सिरिज्को खरिदका लागि निम्न बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा भ्ःक्ष् सुविधा उपलब्ध छ । (नबिल बैंक, माछापुछ«े बैंक, मेगा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आई.एम.ई. बैंक, सेञ्चुरी बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक ।)
ह्वावे कन्जुमर बीजीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू भन्छन्, “डिजिटल क्यामराको प्रविधिक विकासका क्रममा ह्वावे पी ३० सिरिज महत्तवपूर्ण उपलब्धि हो ।