कीवर्डहरू -

ओपो एफ ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग 

ओपो एफ ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग 

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने जनाइएको छ । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नव प्रबर्तनात्मक प्रविधिहरु पनिउपलब्ध गरिने छ । 

४८ मेगापिक्सल क्यामेरा सहितको यो स्मार्टफोन चाडै नेपाली बजारमा उपलब्ध हुने छ । 


सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्कन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 


यी फिचर्सका साथै, ओपो एफ ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।