कीवर्डहरू -

इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र नगद लाभांस वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । 

कार्यक्रममा बोल्दै इसेवाका कार्यकारी प्रमुख जगदीश खड्काले नेपालमा नै पहिलो पटक प्रयोगकर्ताद्वारा निर्देशन अनुसार सिमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट ईभीएका साथै एजेन्ट लोन दिने सेवाबाट सुरु भएको नयाँ आयामको बारेमा बताए ।

आगामी दिनहरुमा बचत र लगानी जस्ता नवीनतम सेवाहरु पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यावस्थापनको लागि कार्यारत रहने कुरा पनि प्रमुख कार्यकारी अधिकृत खड्काले सोही कार्यक्रममा प्रष्ट पारेका छन् ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ । 

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा १ करोड ३० लाख भन्दा बढी इसेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरु रहेका छन् ।