कीवर्डहरू -

एचटिसी ड्जाइर १० प्रो 

एचटिसी ड्जाइर १० प्रो 

एचटिसी विश्वमा कहलिएको नामुद स्मार्टफोन कम्पनी हो । नेपालमा भने यसले तहल्का पिट्न नसकेपनि ब्राण्ड खोजेर किन्नेहरुको लागि यो राम्रो अप्सन हो । अहिले नया वितरक गोइंका इन्फोटेकले बजार बिस्तार गरिरहेको यो स्मार्टफोनका आधा दर्जन बढि मोडलहरु बजारमा उपलब्ध छन । एचटिसी डिजाइर १० प्रोमा केहि आकर्षक विशेषता छन, जसले उपभोत्तालाइ लोभ्याउने छ ।

\"\"
यसमा २० मेगापिक्सलको रियर क्यामेरा छ, जसले रियल फोटोग्राफीको अनुभव दिनेछ । यसमा भएको १३ मेगापिक्सलको फ्रन्ट क्यामेरालाइ सेल्फीप्रेमिको मन जित्नेछ । ४ जिबीको र्याम र ६४ जिबीको स्टोरेजले फोनलाइ दमदार बनाएको छ । १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसरले गर्दा फोन फास्ट छ । ५.५ इन्चको डिस्लेमा रहेको यो स्मार्टफोनको स्क्रिन राम्रो र चहकिलो छ ।


नेपाली बजारमा केहि समय अघि उपलब्ध भएको यो स्मार्टफोनको डिस्प्ले र क्यामेरा नै मुख्य आकर्षण हो । यसमा ३ हजार एमएएचको व्याट्री ब्याकअप रहेको छ । यसमा एन्ड्रोइड ६.० भर्सन रहेको छ । यो स्मार्टफोन विश्य बजारमा आएको केहि समय भएपनि नेपाली उपभोत्ताको लागि यो मिडरेन्जमा गज्जबको फोन हो । यसको मुल्य ३२ हजार ४ सय ९० रहेको थियो तर केहि समयदेखि मूल्य घटेर २९ हजार ९ सय ९९ रहेको छ ।