कीवर्डहरू -

लर्ड बुद्ध र क्यान महासंघबीच ‘राष्ट्रिय आइसिटी छात्रवृत्ति–२०७६’ मा हस्ताक्षर

लर्ड बुद्ध र क्यान महासंघबीच ‘राष्ट्रिय आइसिटी छात्रवृत्ति–२०७६’ मा हस्ताक्षर

नेपालको पहिलो आइटी कलेजको रुपमा परिचित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन र क्यान महासंघबीच ‘राष्ट्रिय आइसिटी छात्रवृत्ति–२०७६’ कार्यक्रमका लागि हस्ताक्षर भएको छ । 

दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा लर्ड बुद्धले यो दोस्रो संस्करणको छात्रवृत्ति कार्यक्रमका लागि क्यानसँग सम्झौतामा हस्ताक्षर गरेको हाे । 

गत वर्षदेखि सुरु भएको यो छात्रवृत्ति कार्यक्रममा आर्थिक रुपले विपन्न ४९ जना विद्यार्थीले एक करोड ९० लाख रुपियाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । 

यी विद्यार्थीले लर्ड बुद्धले सञ्चालन गरिरहेको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इन्नोभेसनको बिएससी आइटी कार्यक्रम पढ्न पाउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको दुईपक्षीय सम्झौतामा क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरासिया र लर्ड बुद्धका तर्फबाट कार्यकारी निर्देशक इन्जिनियर पंकज जालानले हस्ताक्षर गरेका थिए । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहितप्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

क्यान महासंघले गठन गरेको छनोट समितिले छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने छ । 

यो कार्यक्रम अन्तर्गत 'फिमेल आइसिटी स्कलरसिप' र 'आइसिटी मेरिट स्कलरसिप (खुला)' गरी २ प्रकारका छात्रवृत्ति रहेका छन् ।