कीवर्डहरू -

माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंकको झापा र मोरङमा  शाखा रहित बैंकिङ सेवा

काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी  १४ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

बैंकका अनुसार बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।

शाखा रहित बैंकबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने छ।

माछापुच्छ्रे बैंकका १०० वटा शाखा, ९७ शाखा रहित बैकिङ्ग र  १२१ वटा एटिएमहरु देशभर रहेका छन।