कीवर्डहरू -

हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै

हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)द्धारा निर्मित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) को हेटाैंडास्थित डिजास्टर रिकभरी सेन्टर मंगलबार (वैशाख ३१) देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । 

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको डिआर सेन्टरमा मंगलबारदेखि नै कर्मचारीले काम थाल्ने छन् । सो डिआर सेन्टरको उद्घाटन मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गर्ने छन् ।

साे सेन्टरबाट तेस्रो डिएनएस सर्भर bagmati.nitc.gov.np सुचारु हुने छ । 

काठमाडौंको डिएनएस सर्भरमा समस्या आयो भने हेटौंडाबाट डिएनएस सर्भर चल्ने जानकारी दिदै राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले डिएनएससम्बन्धी भविष्यमा कुनै पनि समस्या नहुने बताउँछन् ।

उनी भन्छन्,  ‘सबै सरकारी कार्यालयका वेबसाइटहरुकाे रेप्लिकेशन डिआर साइटमा गरिने र काठमाडौंमा रहेको प्राइमेरी डाटा सेन्टरमा केही समस्या आए तत्काल हेटौंडाको डिआर सेन्टरबाट चल्ने छ ।’