कीवर्डहरू -

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।

नागपोखरीस्थित काठमाडौ) मेरियट होटलमा भएको सो कन्क्लेभमा ४ सयभन्दा बढी सहभागीबीच विश्वबजारमा आएका नयाँ नयाँ प्रविधि र ट्रेन्डसँगै नेपालमा यसको प्रयोग, विकास र प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यस अन्तर्गत Blockchain Technology in Cybersecurity, QoS of Internet, Technology for Secured Society, IoT with AI, Future of Data Center र Emerging Technologies for Digital Transformation विषयमा हरेक विश्वविख्यात कम्पनीका विज्ञले केश स्टडीसहित आफ्नो प्रस्तुति दिएका थिए भने सोही विषयमा प्यानल डिस्कन गराइएको थियो ।

यसअन्तर्गत नाेकिया, टाटा कम्युनिकेशन्स, भर्टिभ, जोनसोन कन्ट्रोल्स र राडवेयर कम्पनीबाट विज्ञहरू प्रस्तुति दिएका थिए ।

कन्क्लेभमा म्यागसेसे पुरस्कार विजेता महावीर पुनको विशेष प्रस्तुति रहेको थियो ।

नेपालमा पनि पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिरहेको सन्दर्भमा लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थामा यस्ता विषय समेट्न सुबिसु कन्क्लेभकाे योगदान हुने सुबिसुका अध्यक्ष सुधिर पराजुलीले बताए ।