कीवर्डहरू -

साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने

साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने

साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ साओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले रेडमी १२ फाइभजी खरिद गर्न चाहेमा थप रु. १००० छुट पनि पाउने छन् । यस पहलका साथ साओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै साओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने कम्पनीको दावी छ ।

एक्सचेन्ज अफरको बारेमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा निकै उत्साहित भएको बताए ।

ग्राहकहरूले साओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड-इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् ।

ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् ।

नयाँ साओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्नेहरुका लागि यो अफर अझै आकर्षक सुविधा रहेको छ । साओमीको एक्सचेन्ज अफर जुन २ देखि सुरू भइसकेको छ ।