कीवर्डहरू -

बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

लिभिङ विथ आइसिटीको आयोजनामा आज बुटवलमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न भएको छ ।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा ३० भन्दा बढी स्टलमा स्थानीयस्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन, र प्रोजेक्ट्सहरुको प्रदर्शनी गरिएको थियो ।

मेलाको उद्घाटन गर्दै प्रदेश ५ का अर्थ, उद्योग तथा पर्यटनमन्त्री दधिराम न्यौपानेले सूचना प्रविधिमा युवालाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले आइसिटी मेलाले नयाँ प्रतिभालाई फस्टाउने अवसर दिने भनाइ राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

त्यसैगरी स्टार्टअपका लागि चुनौती र अवसर, पछिल्ला प्रविधि र ट्रेन्ड विषयमा आइसिटी कन्फ्रेन्स पनि सम्पन्न भएको छ । एक सयभन्दा बढी सहभागीलाई विषयविज्ञहरुले सहजिकरण गरेका थिए ।

\"Image

मेलालाई एक हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना हुने क्रममा आगामी जेठ १८ गते नारायढगढमा मेला आयोजना हुने छ ।

स्थानीयस्तरमा आइटीमा केही गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इन्नोभेसन र उद्यमशीलतालाई अगाडि बढाउने उद्धेश्यले प्रदेशस्तरीय मेला आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

\"Image \"Image