कीवर्डहरू -

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

काठमाडौं । वान प्लसले आफ्नो नयाँ संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

वानप्लस ७ प्रो मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् ।

यसैबीच वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनै पनि वान प्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ ।

साथै वान प्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।

यो सबै सेवा पाउनका लागि तपाईंले भ्याट बिलसहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ ।

वानप्लस ७प्रो देशभर उपलब्ध रहेको छ ।