काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ।
प्रभु बैंकले अष्ट्रेलियाको सिडनी, भारतको राजधानी नयाँ दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट सहर गरी ५ देशका ५ सहरमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न लागेको हो।
नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि ५ देशका ५ सहरमा सम्पर्क वा प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्ने बैंकले बताएको छ।