कीवर्डहरू -

मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप हुँदै

मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप हुँदै

काठमाडौं । आगामी असार २५ देखि २९ गतेसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप हुने भएको छ ।

मेसिन लर्निङ र डिप लर्निङ एल्गोरिदमसँगै डाटा साइन्स प्रोजेक्टमा आधारभूत ज्ञान प्रदान गर्ने उद्धेश्यले हुन लागेको वर्कसप कमलपोखरीमा अवस्थित किस्ट कलेजमा हुँदै छ ।

मेसिन लर्निङ्ग एन्ड डाटा साइन्स कम्युनिटी नेपालले आयोजना गर्ने याे वर्कसप हरेक दिन ६ घण्टा चल्ने छ । वर्कसपमा १६ भन्दा बढी टपिक कभर हुने छ ।

सहभागीलाई समूहमा रहेर वास्तविक जीवनमा आधारित प्रोजेक्टहरु बनाउने र पाइथन प्रयोग गरी फाइनल प्रडक्ट (कम्प्लिट सोलुसन) बनाउन सहयाेग गरिने इभेन्ट संयाेजक सूर्य बस्नेतले जानकारी दिए ।

वर्कसपमा कम्प्युटर साइन्स, इन्फर्मेशन टेक्नोलोजी, इन्फर्मेशन म्यानेजमेन्ट, कलेज फ्याकल्टी, कम्पनीका कर्मचारीहरु र मेसिन लर्निङ र डाटा साइन्समा रुची भएका जो कोही सहभागी हुन सक्ने छन् ।

वर्कसपका सहभागीलाई राष्ट्रियस्तरका विज्ञले सहजिकरण गर्ने छन् ।

वर्कसपको अफिसियल आइटी म्यागेजिनमा लिभिङ विथ आइसिटी रहेको छ ।

थप जानकारी : https://mldsn.org/