कीवर्डहरू -

दमकमा क्याम्ब्रिजको अस्ट्रेलियाबारे सेमिनार सम्पन्न

दमकमा क्याम्ब्रिजको अस्ट्रेलियाबारे सेमिनार सम्पन्न

विगत सात वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले दमकमा अस्ट्रेलिया बारे सेमिनार गर्ने भएको छ ।
अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने बारे सेमिनारमा विद्यार्थीसँग छलफल गरिने क्याम्ब्रिजका संस्थापक शिशिर सिम्खडाले बताए । सेमिनारमा अस्ट्रेलियाको क्विन्स फोर्ड कलेज र भाइब्स कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर प्रकाश पाण्डेले अस्ट्रेलिया बसाइ बारे सहजीकरण गर्नेछन् ।

\"\"
अस्ट्रेलिया जानुअघि कस्तो विद्यालय छनोट गर्ने, कुन विषय छनोट गर्दा विद्यार्थीको भविष्य सही हुन्छ र यसका लागि के–के प्रक्रिया आवश्यक हुन्छ भन्ने बारेमा विस्तृत जानकारी दिन सेमिनार आयोजना गरिएको दमक शाखा प्रमुख निशान सिम्खडाले बताए । उनले विद्यार्थीको सहयोगका लागि क्याम्ब्रिजले अस्ट्रेलियामा समेत सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।


लामो समयदेखि भारतका लागि शैक्षिक परामर्श गर्दै आएको क्याम्ब्रिजले हाल अस्ट्रेलिया, अमेरिका, बेलायत लगायत शैक्षिक गन्तव्यका लागि परामर्श दिँदै आएको छ । काठमाडौँलाई केन्द्रविन्दु बनाएर क्याम्ब्रिजले बिर्तामोड, दमक, इलाम, विराटचोक, विराटनगर, इटहरी, धरान, चितवन, काठमाडौँकै नयाँ बानेश्वरलगायत स्थानका शाखाबाट शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको छ । क्याम्ब्रिजले भाषा तयारी कक्षा आईईएलटीएस र टोफल पनि गराउँदै आएको छ ।