नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ । अवार्डमा कुल ९ विधा समावेश गरिएको छ ।
यस संस्करणको आइसिटी अवार्डमा सबै विधा गरी २ सयभन्दा बढीको अनलाइन आवेदन परेको थियो ।
यसमध्ये १५ दिन अघि ३ विधाहरु स्टार्टअप आइसिटी अवार्ड , प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाका उत्कृष्ट ५ को घोषणा गरिएको थियो । उत्कृस्ट ५ बाट सर्बोत्क्रिस्ट छान्नको लागि अनलाइन तथा एसएमएस भोटिंग संचालन गरिएको थियो । भोटिंग आज राति १२ बजेसम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । अहिलेसम्म उत्साहकजनक भोट आएको आयोजकले बताएको छ ।
स्टार्टअप आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ कम्पनीहरु :
- ई – डिजिटल नेपाल प्रालि
- हाम्रो टेक्नोलोजी प्रालि
- खाली सिसी म्यानेजमेन्ट प्रालि
- युजी केक्स
- वाकम्यान ‘ ग्रिन क्वेन्स ’
प्रडक्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ प्रडक्टहरु :
- विधाना
- डेल्टा सेल्स एप
- इन्सपेला
- एमबैंक
- मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ प्रोजेक्टहरु :
- हेल्प इआर
- नयाँ किनमेल
- प्रशासन ई
- रक्तदान
- वाटर टेस्टर एप
अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड , डिजिटल गभर्नेन्स आइसिटी अवार्ड , आन्ट्रप्रनर आइसिटी अवार्ड , नेपाली डायस्पोरा आइसिटी अवार्ड , डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।
उत्कृस्ट ५ तथा भोटिंगको बारेमा थप जानकारीका लागि : https://ictaward.org/online-voting/