कीवर्डहरू -

नेपालमा मोबाइल बैंकिङ प्रति ग्राहकहरुको आकर्षण बढ्दो

एक बर्षमा करिब सवा १२ लाख ग्राहक बढे

नेपालमा मोबाइल बैंकिङ प्रति ग्राहकहरुको आकर्षण बढ्दो

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो । यसैकारण दैनिक करिब एक लाखको दरले मोबाइल बैंकिङका ग्राहकहरु थपिँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

गत असोजसम्म २९ लाख ८६ हजार ६ सय ६९ जनाले मोबाइल बैंकिङ सेवा उपयोग गर्दै आएका छन् । २०७३ को तुलनामा यो संख्या ७० प्रतिशतले बढेको हो । त्यस्तै गत बर्षको असोज सम्म भने १७ लाख  हजार ५ सय ६६ जनाले मोबाइल बैंकिङको प्रयोग गरिरहेको तथ्यांक प्राप्त भएको थियो । एन्ड्रोईड मोबाइलको बढ्दो प्रयोग सँगै मोबाइल बैंकिङका ग्राहकहरु पनि बढेको बैंकरहरुले बताउँछन् । एउटा व्यक्तिले एक भन्दा बढी बैंकमा खाता खोले जस्तै मोबाइल बैंकिङमा पनि ग्राहकहरुको 'डुब्लिकेसन' भएका कारणपनि यसरि छोटो अवधिमानै धेरै ग्राहकहरु बढेको उनीहरुको तर्क छ ।

मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।

मोबाइल बैंकिङ सँगै गएको एक बर्षमा इन्टरनेट बैंकिङका ग्राहकहरुको संख्यामा पनि बृद्दि भएको राष्ट्र बैंकले तथ्यांक निकालेको छ । इन्टरनेट बैंकिङ गत असोज सम्म करिब ६ लाख ६८ हजार जना ग्राहकहरुले प्रयोग गरिरहेको पाइएको छ । भने अघिल्लो बर्षमा यसको संख्या ५ लाख १५ हजार ४ सय ६५ थियो । यसैगरि गत बर्षको असोजको तुलनामा यो बर्षको असोज सम्ममा एटिएम,डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या पनि बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

मुलुकभरमा अघिल्लो बर्ष ०७३ को असोजमा एटिएम संख्या १ हजार ९ सय रहेको थियो र सोहि अवधि मा डेबिट कार्ड संख्या ४६ लाख ५७ हजार तथा  ५२ हजार क्रेडिट कार्ड संख्या रहेको थियो। तर ०७४ को असोजमा भने २ हजार २ सय ८७ एटिएम संख्या र ५५ लाख ८३ हजार ९ सय डेबिट कार्ड तथा ७५ हजार ४ सय २५ क्रेडिट कार्ड जारि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

श्रोत: कान्तिपुर दैनिक