कीवर्डहरू -

एनसिआइटीमा जब प्लेसमेन्ट फेयर आयोजना हुँदै

एनसिआइटीमा जब प्लेसमेन्ट फेयर आयोजना हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सेप्टेम्बर १३ तारिखको दिन स्नातक तह पुरा गरेका तथा स्नातक अन्तिम वर्षका विद्यार्थिको लागि जब प्लेसमेन्ट फेयर आयोजना गर्ने भएकाे छ ।

आइटी इन्जिनियर, सफ्टवेयर इन्जिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिक एण्ड कम्युनिकेसन इन्जिनियर, सिभिल इन्जिनियर र बिबिए उत्तीर्ण गरेका विद्यार्थिहरु याे कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एउटा आइटी कलेज हो । जो सन् २००१ मा स्थापना भएको हो । यो जबि फेयर विशेष गरेर विद्यार्थि, उतिर्ण गरेका विद्यार्थि र जब खोजिरहेका विद्यार्थिको लागी लक्षित गरेको छ ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको प्रांगनमा हुने यो कार्यक्रममा शैक्षिक संस्था र उद्योको बिचमा रहेको अन्तरको बारेमा छलफल पनि हुनेछ।

यसमा विद्यार्थिहरुले नेपाली कम्पनीहरुले कस्तो खालको प्रोजेक्ट र प्रविधिमा काम गरिरहेका छन भनरे पनि थाहा पाउने छन् । यो कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ।