कीवर्डहरू -

टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड सम्पन्न

टिभिएस स्वास्थ्यको लागि  रमाइलो दौड सम्पन्न

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो उपभोक्ता प्रवर्द्धन योजना टिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड “ टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड ”  भाद्र २८ गते शनिबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

दशैको दौड एक यस्तो उपभोक्ता योजना हो जहाँ ग्राहकहरुले बाइक किन्नु अघि र किनेपछि दुवै पटक उपहार जित्न सक्नेछन् ।
दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरण नागरिकहरु लगायत विभिन्न चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको उत्साहजनक सहभागीता रहेको थियो ।

रमाइलो दौड विहान ८ बजे नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो ।

दौडको प्रारम्भ गर्दैं खेलकुद मन्त्री  जगत बहादुर विश्वकर्माले भने ”यसप्रकारको छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ ।

स्वास्थ्य प्रति सजग गराउने लक्ष्यका साथ यसप्रकारको रमाइलो दौड आयोजना गरेकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छु ।
यस्तै सोही दौडमा सहभागी बन्नु भएका चर्चित कलाकार श्री निखिल उप्रेती र प्रदिप खड्काले यो दौड प्रतियोगिता भन्दा पनि रमाइलो र मनोरन्जनको लागि आयोजना गरिएकोले सहभागी बन्न पाउँदा आफूलाई पनि रमाइलो लागेको बताउनु भयो ।

वहाँले दौडमा बालबालिका, युवा युवती, पाका उमेरका सबैगरी हजारौंको संख्यामा सहभागीता रहनुले स्वास्थ्य प्रति हामी कति सचेत छौ भन्ने उदाहरण प्रस्तुत गरेको पनि उल्लेख गर्नु भयो ।

रमाइलो दौड प्रतियोगितामा सहाभागि  भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरीदमा रु १ हजार नगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो । भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु१५ हजार नगद पुरस्कार प्रदान गरियो ।

उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मी का श्री हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मी का श्री दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मी का श्री गजेन्द्र राई विजयी हुनु भएको छ ।


शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले भन्नु भयो ”सर्वप्रथम त म जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको यसप्रकारको रमाइलो दौडलाई सफल बनाउनमा तपाईंहरुले उत्साहजनक रुपमा सहभागी भै दिनु भएकोमा म कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

यहाँहरुले जुन उत्साह एवं हौसलाका साथ निर्धारित दूरी पूरा गर्नु भएको छ, त्यसले हामीलाई पनि आगामी दिनका लागि थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामी तपाईं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने यसप्रकारको योजनाहरु संचालन गरि नै रहने प्रण गर्दै आजका विजेता धावकहरुलाई म बधाई समेत ज्ञापन गर्दछु ।”

जगदम्बा मोटर्स प्रा.लि. ले आयोजना गरेको टिभिएस दशैको दौड योजना लागू भैसकेको छ । यस सम्बन्धमा विस्तृत जानकारी ग्राहकहरुले https://tvsmotors.com.np/ dashain मा गएर हेर्न सक्नेछन् ।