कीवर्डहरू -

सुबिसु क्यान इन्फोटेक २०१८ मा २२२ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउने

सुबिसु क्यान इन्फोटेक २०१८ मा २२२ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउने

वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष मिती २०७४  माघ ११  गते देखि १६  गते (तदनुसार सन् २०१८ जनवरी २५  देखि ३०) सम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भैरहेको छ।

यस २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली  रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला रहेको छ ,

त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु हुवावे , एम.आई. स्मार्ट फोन र टेक्नो मोबाईल , सिल्भर स्पोन्सरहरु नेटिस , एस.पावर , लर्ड बुद्ध एजुकेशन फाउण्डेसन , टेक्नोस स्मार्ट टि भी  रहेका छन् भने प्रिन्ट स्पोन्सरमा – Hisence रहेको छ ।

अफिसियलहरुमा बैंक सनराइज बैंक , ईन्स्योरेन्स प्रुडेन्सियल ईन्स्योरेन्स , आई.एस.पी. सुबिसु , अनलाईन टिकेटिङ्ग एफ वान सफ्ट ईन्टरनेशनल , अनलाईन पेमेन्ट सेवा , एस.एम.एस.मा स्प्यारो एस.एम.एस. , टेलिभिजन- माउन्टेन टेलिभिजन, आइ.टि म्यागजिन- लिविंग विथ आई. सी. टि. , सि सि टि भी – विल्सन टेक्नोलोजी, हस्पिटालिटि- होटेल मर्स्याङ्दी, क्रियटिभ विटी प्रिन्टिङ्गस् रहेका छन् ।

\"\"

सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४ , ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् ।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स् , पावर सोलुसन्स् , मोवाईल एसेसोरिज , डिलर र डिस्ट्रिव्युटर्स , ईन्टरनेट सेवा प्रदायक , टेलिकम्युनिकेशनस् , आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस् , सफ्टवेयर सोलुसनस् , पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र र बाहिर शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेको आयोजकले जनाएको छ।

सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १००/- र विद्यार्थीहरुलाई रु ५०/-तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि रु १००/- तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नेछन ।

आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस सुबिसु क्यान ईन्फोटेक २०१८  ईन एशोसिएशन विथ मोटोरोला मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ ।

अनलाइन टिकट खरिद २०७४ माघ ८ गते देखि www.esewa.can.com.np मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य एफ.वान.सफ्ट ईन्टरनेशनल र ई सेवासँगको सहकार्यबाट गरिएको हो ।

\"\"

यस संस्करणको अफिसियल बैक सनराइज  बैंकले सुबिसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला को टिकट काटी प्रबेश गर्ने लाई बैंकले ४००% सम्म को cash back offer समेत रहेकोले अवलोकन कर्ताहरुलाई यो अफर आकर्षक हुनेछ ।

सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला का शिर्ष प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवा र प्याकेजहरु अफर गरेको छ प्याकेजहरु क्रमश Clear TV offer, Internet offer, Internet & Clear TV super Combo offer रहेका छन् ।

प्रस्तुत गरिएको अफरहरुबाट ग्राहकहरुले Clear TV offer अन्तर्गत निशुल्क clear TV HD Set-up Box, Internet Offer अन्तर्गत निशुल्क Modem with inbuilt WIFI , Internet & Clear TV super Combo offer अफर अन्तर्गत निशुल्क Internet and Clear TV Super Combo Offer प्राप्त गर्न सक्नुहुनेछन् ।

अफर प्याकेजहरु रु.१९९९ देखि रु.५९९९ सम्मका रहेका छन् । साथै कम्पनीले आफ्ना र्वतमान Internet तथा Digital TV ग्राहकहरुका लागि पनि Loyalty offer प्रस्तुत गरेको छ ।